नेपाल भित्र्याउन लागिएको करिब २ केजी ब्राउन सुगरसहित तीन भारतीय पक्राउ



881 SHARES

झापा । नेपाल भित्र्याउने तयारी गरिएको करिब २ केजी ब्राउन सुगर भारतको सिलिगुडीबाट बरामद भएको छ। लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

बिहीबार साँझ भारतको सिलिगुडीस्थित पीसी मित्तल बस टर्मिनलबाट ठूलो परिमाणको ब्राउन सुगरसहित उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको माल्दा जिल्लाका दुई जना र उत्तर दिनाजपुर जिल्लाका एक जना रहेको बताइएको छ।

प्रारम्भिक विवरणअनुसार भारतको माल्दा जिल्लाबाट ब्राउन सुगर ल्याएर सिलिगुडी, पानीट्यांकी, गलगलिया हुँदै झापाको दिघलबैंक क्षेत्रसम्म पुर्‍याउने गरिएको छ। यी क्षेत्र लागूऔषध ओसारपसार तथा आपूर्तिका प्रमुख मार्गका रूपमा प्रयोग हुँदै आएको बताइएको छ।

विज्ञापन

नेपाल–भारत सीमावर्ती क्षेत्रमा लागूऔषधको अवैध कारोबार बढ्दै गएको सन्दर्भमा भारतीय प्रहरीले गरेको यो बरामदलाई महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय