अर्जुनधारामा पाँच दिनमा २१ हजारभन्दा बढीले लगाए जेईविरुद्धको खोप



1,052 SHARES

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत पाँचौँ दिनसम्म २१ हजार १९६ जनाले खोप लगाएका छन्।

नगरपालिकाका ११ वटै वडामा सञ्चालन भइरहेको अभियानमा विभिन्न स्थानमा खोप केन्द्र तोकेर खोप लगाउने कार्य भइरहेको छ ।

विज्ञापन

खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीहरूले घरदैलोमै पुगेर खोप लगाउने व्यवस्था पनि गरेका छन्। विशेषगरी किरियापुत्री, प्यारालाइसिस भएका बिरामी तथा अन्य कारणले खोप केन्द्रमा उपस्थित हुन नसक्ने व्यक्तिलाई स्वास्थ्यकर्मीहरूले घरमै पुगेर खोप लगाइरहेका छन्।

विज्ञापन

नगरपालिकाका स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू खोप अभियानलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा परिचालन भएका छन्।

जेईविरुद्धको खोप अभियानमा ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरिएको छ। अभियानअन्तर्गत खोप केन्द्रमा आउने नागरिकसँगै घरमै रहेका लक्षित समूहका व्यक्तिलाई समेत खोपको पहुँचमा ल्याउने काम भइरहेको हो।

स्वास्थ्यकर्मीहरूले खोपबाट जोगिन सक्ने जेई संक्रमणको जोखिम न्यूनीकरणका लागि लक्षित सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय