बिर्तामोडमा ६० हजारभन्दा बढीलाई जेईविरुद्धको खोप दिइँदै



865 SHARES

बिर्तामोड । बिर्तामोड नगरपालिकामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध ६० हजारभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ।

नगरपालिकाले असोज ९ देखि १५ गतेसम्म १० वटै वडामा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको हो।

विज्ञापन

अभियानका लागि नगरपालिकाले ५६ वटा खोप केन्द्र निर्धारण गरी ३० जना स्वास्थ्यकर्मी परिचालन गरेको फोकल पर्सन जनस्वास्थ्य निरीक्षक गणेश रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेवक, नगरस्तरीय खोप समन्वय समिति तथा वडास्तरीय अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ।

विज्ञापन

नगर प्रमुख पवित्रा महतारा प्रसाईले तोकिएको अवधिमा आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन नगरवासीलाई आग्रह गर्नुभएको छ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा बिर्तामोडका एक जनासहित सात जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। गर्भवती तथा एलर्जीको समस्या भएका व्यक्तिले भने जेईविरुद्धको खोप लगाउन नमिल्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिनुभयो।

झापाका विभिन्न पालिकामा जेईविरुद्धको खोप अभियान असोज ५ गतेदेखि नै निःशुल्क सञ्चालन भइरहेको छ। जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय