बिर्तामोडमा देवराज घिमिरेको दाबी : “मेरो जित सुनिश्चित भइसकेको छ”



9,000 SHARES

बिर्तामोडदेवराज घिमिरे ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो विजय सुनिश्चित भइसकेको दाबी गरेका छन्।

सोमबार प्रेस चौतारी नेपाल ले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का उम्मेदवार तथा निवर्तमान सभामुख घिमिरेले फागुन २१ गते हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको बताएका हुन्।

विज्ञापन

‘घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त भएको सकारात्मक प्रतिक्रिया, ठाउँ–ठाउँमा गरिएको स्वागत, एमालेप्रतिको बढ्दो भरोसा र दरिलो संगठनका कारण मेरो जित सुनिश्चित भएको निष्कर्षमा पुगेको छु,’ उनले भने।

विज्ञापन

२०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट २८ हजार ६ सय ९७ मत प्राप्त गरी निर्वाचित भएका घिमिरे दोस्रोपटक सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्।

कार्यकाल पूरा नहुँदै जेनजी आन्दोलनका क्रममा संसद विघटन भएपछि आफूले थालेका काम अधुरा रहेको र ती कार्य पूरा गर्न आफ्नो आवश्यकता रहेको उनले उल्लेख गरे।

‘यो निर्वाचन केवल एउटा चिन्हमा छाप लगाउने विषय मात्र होइन, देशको भविष्य र समृद्धिको संकल्प गर्ने अवसर पनि हो,’ घिमिरेले भने।

राजनीतिलाई उमेरका आधारमा पुरानो वा नयाँ भनेर वर्गीकरण गर्नु बालिशपन भएको टिप्पणी गर्दै उनले जीवन्त पार्टी समयानुकूल अद्यावधिक हुने र एमालेले आफूलाई आधुनिक तथा गतिशील रूपमा प्रमाणित गर्दै आएको दाबी गरे।

पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध भएको वैचारिक तथा राजनीतिक घेराबन्दीलाई चिर्न र मुलुकको सार्वभौम सत्ता जोगाउन एमालेको विजय आवश्यक रहेको उनले बताए।

निर्वाचित भएपछि तीन वर्षको अवधिमा झापा क्षेत्र नम्बर २ मा साढे ५ अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएको उल्लेख गर्दै घिमिरेले अधुरा विकास योजनालाई पूर्णता दिन पुनः निर्वाचित हुनुपर्ने आवश्यकता औंल्याए।

‘यहाँको सुपारीलाई व्यवस्थित गरी आम्दानीको मुख्य स्रोत बनाइनेछ,’ उनले भने, ‘रोजगारी सिर्जनाका लागि मेरो प्रयास निरन्तर रहनेछ।’

बसपार्क क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता

घिमिरेले बिर्तामोड बसपार्क क्षेत्रको जग्गा समस्याप्रति ध्यानाकर्षण भएको जनाउँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता दोहोर्याए। गिरिबन्धु टिस्टेटसँग जोडेर रोक्का गरिएको ५१ बिघा जग्गाको विषयमा आफू गम्भीर रहेको उनले बताए।

‘बसपार्क क्षेत्रका ४०० भन्दा बढी परिवारको समस्या समाधानका लागि मेरो अग्रसरता रहन्छ,’ उनले भने, ‘सिस्नेस्थित नेपाली सेनाको तालिम केन्द्र र स्थानीय जग्गाधनीबीच देखिएको दोहोरोपनाको समस्या समाधान गर्ने प्रयास पनि रहनेछ।’

छोटो र घृणित राजनीतिप्रति आपत्ति

निवर्तमान सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका मतदाता वा तिनका परिवारमा दुःखद घटना हुँदा समवेदना व्यक्त गर्दै आएको उल्लेख गरे। गृह जिल्ला आएका बेला स्वयं मरिमराउ भएका घरमा पुग्ने गरेको भन्दै आफ्नो यस अभियानप्रति गरिएको टिप्पणीप्रति उनले आपत्ति जनाए।

‘म त्यस्तो छोटो र घृणित राजनीति गर्दिनँ। मतदाताको घरघरमा पुग्दा उहाँहरूले दिएका सुझाव सधैँ मेरा लागि मार्गदर्शक हुनेछन्,’ घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय