झापामा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड आजबाट सुरु, अर्जुनधाराका खेलाडीको बिदाई



9,000 SHARES

शनिश्चरे । झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि सुरु हुँदैछ। यस वर्ष प्रतियोगिता जनता माध्यमिक विद्यालय, गौरादह नगरपालिका–१ मा आयोजना गरिएको हो।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’का अनुसार प्रतियोगितामा जिल्लाका १५ वटै पालिकाबाट करिब १ हजार ६ सय ५० खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा १ सय १० स्वर्ण, १ सय १० रजत र २ सय २० कास्य गरी जम्मा ४ सय २० पदकका लागि प्रतिस्पर्धा हुनेछ।

विज्ञापन

एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उस्सु र कराँते गरी ६ विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुहुने कार्यक्रम रहेको छ।

विज्ञापन

यसैबीच अर्जुनधारा नगरपालिकाले प्रतियोगितामा सहभागी हुने आफ्ना खेलाडीलाई बिदाइ गरेको छ। आज बिहान आयोजित संक्षिप्त कार्यक्रममा ९९ जना खेलाडीसहित प्रशिक्षक र अफिसियल टोलीलाई नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ तथा अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाललगायतले बिदाइ गर्नुभएको हो।

बिदाइ कार्यक्रममा नगर प्रमुख गोम्देनले उत्कृष्ट नतिजा ल्याउन खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै स्वर्ण पदक विजेतालाई शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता प्रदान गर्ने घोषणा गर्नुभयो।

६ विधामा हुने प्रतियोगितामा अर्जुनधाराबाट ९९ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय