झापाका बाढीपीडित २५० विद्यार्थीलाई पानी फिल्टर वितरण



9,000 SHARES

झापा । झापाका सामाजिक अभियन्ता शरद जोशीकाे अगुवाइमा Wine to Water, Round Table Nepal तथा Rotary Club of Kathmandu Height को सहकार्यमा झापा गाउँपालिकाका चार विद्यालयका २५० बाढी–प्रभावित विद्यार्थीलाई नानो–मेम्ब्रेन प्रविधियुक्त पानी फिल्टर वितरण गरिएकाे छ ।

केही समय अघिको बाढीबाट प्रभावित विद्यार्थी तथा परिवारलाई लक्षित कार्यक्रम अन्तर्गत जनविकास माध्यमिक विद्यालय, अमृत माध्यमिक विद्यालय, इन्द्रेणी प्राथमिक विद्यालय र मदरसा–ए–इस्लाम रसुङ्गञ्जमा शुक्रबार फिल्टर वितरण गरिएको हो।

विज्ञापन

कार्यक्रममा अभियन्ता जोशीले Wine to Water बाट उपलब्ध गरिएका फिल्टरहरूको प्रयोग, सरसफाइका तरिका तथा दीर्घ उपयोगका विषयमा विद्यार्थी र अभिभावकलाई प्रशिक्षण दिएका थिए। उनका अनुसार अमेरिकामा निर्मित उक्त फिल्टर उचित विधि अपनाएमा १० वर्षसम्म टिक्ने क्षमता राख्छ।

विज्ञापन

कार्यक्रममा Round Table Nepal का राष्ट्रिय अध्यक्ष सुमित मित्तल, एरिया को–अर्डिनेटर पियूष लुनिया, बिर्तामोड राउन्ड टेबल–२७ का अध्यक्ष विकास अग्रवाल, सामाजिक अभियन्ता शम्भु सुस्केरा, प्रकाश पाठक, सोम बजगाईँलगायतको उपस्थिति थियो।

अध्यक्ष मित्तलले बिकट भूगोलमा आएर पीडित समुदायलाई सहयोग गर्न पाएकामा आफुहरु खशी भएको बताए । उनले आगामी दिनहरूमा पनि विकास र सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता समेत जनाए ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूले बाढीपीडित विद्यार्थी र परिवारलाई स्वच्छ पानी उपलब्ध गराउन यो सहयोग महत्वपूर्ण भएको धारणा राखे ।

अभियन्ता जोशीका अनुसार हालसम्म पहिराे पिडीत इलामका ३५ परिवारलाई अस्थायी टहरा तथा झापा, सुनसरी र इलामका ६०० भन्दा बढी परिवारलाई सुरक्षित पानी फिल्टर वितरण भइसकेको छ।

जोशी पछिल्ला १० वर्षदेखि दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा निरन्तर सामाजिक सेवा प्रदान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय