शिवसताक्षीको स्थानीय पाठ्यपुस्तक ‘शिवसताक्षीको पहिचान’ विमोचन



837 SHARES

झापा । शिवसताक्षी नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘शिवसताक्षीको पहिचान’ विमोचन गरेको छ। नगरपालिकाले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरी तयार गरेको पाठ्यपुस्तक एक कार्यक्रमबीच सार्वजनिक गरेको हो।

पुस्तकको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्प्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेलगायत वडाध्यक्षहरूले संयुक्त रूपमा विमोचन गर्नुभएको हो।

विज्ञापन

विद्यार्थीलाई स्थानीय परिवेश, मौलिकता र नगरको पहिचानसँग परिचित गराउने उद्देश्यले पुस्तक तयार गरिएको नगरपालिकाले जनाएको छ। पहिलो चरणमा कक्षा १ देखि ३ सम्मका लागि पुस्तक तयार गरी विमोचन गरिएको र क्रमशः थप कक्षाका लागि पाठ्यपुस्तक तयार गर्दै कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी भइरहेको शिक्षा अधिकृत छवि ढकालले जानकारी दिनुभयो।

विज्ञापन

स्थानीय पाठ्यपुस्तकमा शिवसताक्षी नगरपालिकाभित्र रहेका विभिन्न पर्यटकीय तथा धार्मिक स्थल, जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा, स्थानीय मौलिकता तथा नगरको समग्र परिचय समेटिएको छ। विद्यार्थीले विद्यालय तहबाटै आफ्नै गाउँ–ठाउँ, समाज र स्थानीय परिवेशबारे जानकारी हासिल गर्न सकून् भन्ने उद्देश्यले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिइएको जनाइएको छ।

शिक्षा अधिकृत ढकालका अनुसार स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो समुदाय र नगरसँग जोडिन सहयोग पुर्‍याउनेछ। स्थानीय इतिहास, कला, संस्कृति, प्राकृतिक सम्पदा, धार्मिक तथा पर्यटकीय स्थल र सामाजिक विविधताबारे अध्ययन गर्दा विद्यार्थीमा आफ्नो ठाउँप्रतिको अपनत्व र पहिचानको भावना विकास हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनलाई प्राथमिकतामा राख्दै क्रमशः कक्षा थप गर्दै जाने जनाएको छ। पहिलो चरणमा कक्षा १–३ का लागि पाठ्यपुस्तक तयार पारिएको हो भने आगामी चरणमा अन्य कक्षाका लागि आवश्यक सामग्री तथा पुस्तक तयार गरी कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

स्थानीय आवश्यकता, भूगोल, संस्कृति र सामाजिक परिवेशलाई शिक्षासँग जोडेर अघि बढाइएको यस प्रयासले विद्यार्थीलाई आफ्नै समाज र नगरको विविधतासँग नजिकबाट परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय