महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव फेला



964 SHARES

कञ्चनपुर । महाकाली नदीमा बगेर बेपत्ता भएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सागरराज थारूको शव फेला परेको छ।

शनिबारदेखि बेपत्ता थारूको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभएको छ।

विज्ञापन

दोधारा चाँदनीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी देवीस्थानमा कार्यरत थारू झोलुङ्गे पुल भत्किएपछि चुँडिएको नेपाल टेलिकमको इन्टरनेट तार तान्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता हुनुभएको थियो।

विज्ञापन

सशस्त्र प्रहरीका अनुसार बोटमा सवार सशस्त्र प्रहरीका छ जनासहित सात जना तार तान्ने काममा खटिएका थिए। सोही क्रममा थारू बोटबाट खसेर नदीमा बेपत्ता हुनुभएको थियो। घटनामा अन्य छ जना भने सकुशल रहेका थिए।

गत असोज १४ गते भीमदत्त र दोधारा चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको एक पिलर नदीमा खसेपछि पुल भत्किएको थियो। पुलसँगै जडान गरिएका टेलिफोन तथा इन्टरनेटका तारसमेत चुँडिएपछि दोधारा चाँदनीमा तारमार्फत सञ्चालित सञ्चार सेवा प्रभावित हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय