|
812 SHARES |
बिर्तामोड । टिभिएस मोटर कम्पनीले झापाको बिर्तामोडमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १६० सिसी सेग्मेन्टकै सबैभन्दा शक्तिशाली मोटरसाइकल भएको दाबी गर्दै प्रोजेक्टर हेडलाइट, युएसडी फ्रन्ट सस्पेन्सन र ५ इन्चको टिएफटी डिस्प्ले क्लस्टरसहित बजारमा ल्याएको हो ।
बिर्तामोडमा सम्पन्न झापा रकस्टार सिजन ३ को टाइटल स्पोन्सर समेत रहेको टिभिएसले फिनालेको अवसर पारेर उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । अग्रसन भवनमा आयोजिता भव्य कार्यक्रममा सार्वजनिक गरिएको मोटरसाइकलमा १५९.७ सिसी इन्जिन जडान गरिएको छ । स्पोर्ट मोडमा यसले १७.५५ पिएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
यसमा अर्बन र रेन मोडमा १५.६४ पिएस शक्ति उपलब्ध हुनेछ । मोटरसाइकलमा ५ स्पिड गियरबक्स, १२ लिटर इन्धन ट्याङ्की, डुअल–च्यानल एबीएस तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड उपलब्ध छन् ।
कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर १६० ४भी मा पहिलोपटक ३७ एमएम युएसडी फ्रन्ट फोर्क, प्रोजेक्टर एलइडी हेडलाइट र ५ इन्चको टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर समावेश गरिएको छ । यी सुविधाले रातिको दृश्यता, नियन्त्रण र समग्र राइडिङ अनुभवलाई थप प्रभावकारी बनाउने दाबी गरिएको छ ।
नयाँ टिभिएस अपाचे आरटिआर १६० ४भी, म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ । यसको एक्स–शोरुम मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
लन्च कार्यक्रममा टिभिएसका नेश्नल सेल्सहेड हरी न्यौपाने, बिर्तामोडस्थित पाथिभरा अटो लिंकका सञ्चालक याम कार्कीलगायत कम्पनिका प्रतिनिधिहरुको उपस्थिति थियो ।










