दशैँमा पनि बीएण्डसी अस्पतालको सेवा निरन्तर, विशेषज्ञ चिकित्सक उपलब्ध हुने



793 SHARES

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ अस्पतालले बडादशैँको बिदामा पनि विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ।

अस्पताल प्रशासनका अनुसार कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षसँगै बहिरङ्ग (ओपिडी), रेडियोलोजी, प्रयोगशाला र अन्तरङ्ग सेवा सञ्चालन हुनेछन्।

विज्ञापन

अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले दशैँको अष्टमीदेखि एकादशीसम्म बिरामीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो।

विज्ञापन

“हामी सकेसम्म सबै स्वस्थ रहनुहोस् भन्ने चाहन्छौँ। तर बिरामी हुनुभयो वा कुनै स्वास्थ्य समस्या देखियो भने अस्पताल आउनुहोला, जुनसुकै सेवा दिन अस्पताल तयार छ,” गिरीले भन्नुभयो।

चाडपर्वका समयमा हुन सक्ने दुर्घटना, हृदयाघात, खाना अपच तथा झाडापखालालगायतका स्वास्थ्य समस्या ध्यानमा राख्दै विशेषज्ञ चिकित्सकसहितको उपचार व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।

दशैँको बिदामा अस्पताल बन्द हुने आशङ्काले बिरामी अन्योलमा पर्न सक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराइएको गिरीको भनाइ छ। अन्य कतिपय अस्पतालमा नियमित सेवा बन्द वा सीमित हुने अवस्थामा बिरामीलाई असहज नहोस् भन्ने उद्देश्यले आकस्मिक कक्षलाई थप चुस्त बनाइएको उहाँले जानकारी दिनुभयो।

अस्पतालले आकस्मिक कक्षमा थप डेस्कको व्यवस्था गरी बहिरङ्ग सेवा लिनुपर्ने बिरामीलाई समेत उपचार उपलब्ध गराउने तयारी गरेको छ। पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै समयमा उत्पन्न हुन सक्ने भएकाले चाडपर्वमा पनि सेवा निरन्तरता दिन लागिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय