चितवन–२ बाट रवि लामिछाने तेस्रो पटक विजयी



9,000 SHARES

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ।

लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएको छ। लामिछानेले खरेललाई ३९ हजार ४ सय ६८ मतान्तरले पराजित गर्नुभएको हो।

विज्ञापन

त्यस्तै, नेकपा (एमाले) का अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ र नेपाल कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९ सय ६९ मत प्राप्त गरेका छन्।

विज्ञापन

यस क्षेत्रमा कुल ८७ हजार २८ मत सदर भएको छ भने २ हजार ७ सय ९६ मत बदर भएको थियो।

लामिछाने यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचन र २०८० सालको उपनिर्वाचनमा पनि यही क्षेत्रबाट विजयी हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय