निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक



9,000 SHARES

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट हुने आवतजावतमा रोक लगाएको छ। प्रशासनले फागुन १८ गते मध्यरातिदेखि फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रमा आवागमन बन्द गरेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सीमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो।

विज्ञापन

पाँचथर जिल्लाको भारतको सिक्किमपश्चिम बंगालसँग करिब ४४ किलोमिटर सीमा जोडिएको छ। औपचारिक सीमानाका नभए पनि स्थानीय बासिन्दा पारिवारिक सम्बन्ध, व्यापार, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि नियमित रूपमा सीमा वारपार गर्ने गरेका छन्।

विज्ञापन

प्रशासनका अनुसार निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिकाबमोजिम सीमा क्षेत्रमा निगरानी बढाइएको छ। सीमानाका नभए पनि चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट सवारीसाधन र मानिसको आवागमन हुने भएकाले सो गतिविधिमा पूर्ण रोक लगाइएको हो।

तर, आकस्मिक स्वास्थ्य सेवा जस्तै एम्बुलेन्स तथा सुरक्षा निकायबाट प्रमाणित अत्यावश्यक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय