दमकमा भोलेन्टियर फोर्सको प्रदेश भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्दै



9,000 SHARES

झापा । नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को कोशी प्रदेशस्तरीय भेला झापाको दमक मा सोमबार हुने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कोशी प्रदेशका विभिन्न जिल्लाबाट फोर्सका कार्यकर्ताहरू सहभागी हुने बताइएको छ। आयोजकका अनुसार करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको दाबी गरिएको छ।

विज्ञापन

सभामा झापा–५ का जनताको पनि उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममा गायक वैकुण्ठ महत को टोलीले विविध सांस्कृतिक प्रस्तुति दिने तयारी गरिएको छ।

विज्ञापन

दमक–७ स्थित पशुहाट परिसरमा आयोजना हुने उक्त सभा सोमबार दिउँसो ११ बजेदेखि सुरु हुने जनाइएको छ।

कार्यक्रमलाई फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठ ले पनि सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय