असोज १७–२० सम्म धान नकाट्न, काटेको भए भित्र्याउन सुझाव



9,000 SHARES

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० सम्म मनसुनी गतिविधि थप सक्रिय हुने जनाएको छ।

यस अवधिमा देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

विज्ञापन

नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले संयुक्त रूपमा जारी गरेको कृषि मौसम सल्लाह बुलेटिनअनुसार यस समयमा धान नकाट्न, काटेको भए तत्काल सुरक्षित स्थानमा भित्र्याउन, खेतबारीमा पानी निकासको प्रबन्ध मिलाउन र विषादी छर्कने कार्य रोक्न सुझाइएको छ।

विज्ञापन

तरकारी तथा फलफूल बगैंचामा पानी जम्न नदिन, पशुचौपायालाई भिज्ने गरी नराख्न, दाना–पराल सफा र ओभानो ठाउँमा भण्डारण गर्न, कुखुराको खोर र माछापोखरीमा नियमित अनुगमन गर्न पनि किसानलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय