भद्रपुरको घोडामाराबाट लागूऔषधसहित दुई जना पक्राउ



9,000 SHARES

भद्रपुर । भद्रपुरको घोडामारा भारतबाट लागू औषध भित्र्याउने नाका बन्दै गएको छ । प्रहरीले सोही नाकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो पौने ५ बजे भद्रपुर नगरपालिका-९ निन्दा खोलाको पुलमा प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट साइकलमा आउँदै गरेका भद्रपुर-९ घोडामारा बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र सोही ठाउँका २५ वर्षीय कृष्ण राईलाई लागू औषधसहित पक्राउ गरेको हो ।

विज्ञापन

शङ्का लागेर रोकी चेकजाँच गर्दा अरेन्जय राजवंशीको साथबाट प्लास्टिकसहित ५ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

विज्ञापन

दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय