कनकाई खबर साप्ताहिक आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश



965 SHARES

कनकाई । झापाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय नगरी कनकाईमा प्रधान कार्यालय रहेको कनकाई खबर साप्ताहिकले प्रकाशनको आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ। ‘खबरभित्रको खबर’ मूल नारासहित मोफसलबाट सुरु भएको यस सञ्चारमाध्यमले अनलाइन संस्करणसमेत सञ्चालन गर्दै आएको छ।

नवौँ वर्ष प्रवेशको अवसरमा सम्पादक तथा प्रकाशक रामप्रसाद निरौलाले विशेष प्रकाशकीय सन्देश जारी गर्दै विगत आठ वर्षदेखि निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने पाठक, विज्ञापनदाता, लेखक, वितरक, सहकर्मी सञ्चारकर्मी तथा कर्मचारी परिवारप्रति आभार व्यक्त गर्नुभएको छ।

विज्ञापन

निरौलाले मोफसलको माटोबाट निष्पक्ष र व्यावसायिक पत्रकारिताको जग बसाल्दै प्रविधिमैत्री अनलाइन संस्करणसम्म आइपुग्दा प्राप्त जनविश्वासलाई अमूल्य पुँजीका रूपमा लिएको बताउनुभएको छ। उहाँले आगामी दिनमा पनि नागरिकको आवाजलाई बुलन्द पार्दै पत्रकारिताको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।

विज्ञापन

स्थापनाकालदेखि नै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएको कनकाई खबरले स्थानीय तहको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय