|
9,000 SHARES |
काठमाडौं । नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा दोस्रो जित हात पारेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भारतविरुद्ध भएको खेलमा ३-२ सेटले नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो। पहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट नेपालले १२–२५ ले सेट गुमायो। तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ ले सहजै जित निकाल्यो।










