गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता



865 SHARES

काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच द्विपक्षीय सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका अवसरमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–भारतबीचको सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

विज्ञापन

दुई मन्त्रीबीच सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रणका लागि सहकार्य गर्ने तथा विपद् व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित रहेको दूतावासले जनाएको छ ।

विज्ञापन

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढी तथा पहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । प्राकृतिक विपद्का बेला भारतले पुर्‍याएको सहयोगका लागि उहाँले आभार प्रकट गर्नुभएको दूतावासले जनाएको छ ।

गृहमन्त्री गुरुङले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा नेपाल–भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको थियो । दुवै देशका जनताको हितलाई केन्द्रमा राखेर व्यावहारिक सहयोगका क्षेत्र विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

भेटवार्तालाई नेपाल र भारतबीच सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यका क्षेत्रमा आपसी समन्वय र सहकार्य अघि बढाउने अवसरका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय