अर्जुनधारा जेसीजको ११ औं पद हस्तनान्तरण तथा पुरस्कार बितरण सम्पन्न

Share :

शनिश्चरे । अर्जुनधारा जेसीजको ११ औं पद हस्तनान्तरण तथा पुरस्कार बितरण समारोह सम्पन्न भएको छ ।

आज एक भव्य समारोहको आयोजन गर्दै अर्जुनधारा जेसीजको ११ औं पद हस्तनान्तरण तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा संचालन भएको समारोहमा अर्जुनधारा जेसीजका लागि बर्ष सन् २०२४ का अध्यक्ष बसन्त बुढाथोकीलाई भव्य स्वागत गर्दै बधाई ज्ञापन गरिएको थियो ।


समारोहमा अर्जुनधारा जेसीजका सन् २०२३ का अध्यक्ष प्रेमकुमार खड्काले सन् २०२४ का अध्यक्ष बुढाथोकीलाई जेसीज चेन हस्तनान्तरण गर्नभएको थियो । कार्यक्रममा सन् २०२४ का अध्यक्ष बुढाथोकीलाई सन् २०२३ का अध्यक्ष खड्काले शपथ खुवाउनु भएको थियो ।

त्यस्तै नवनिर्वाचित पदाधिकारीहरु कार्यकारिणी उपाध्यक्ष जेसी वेदनारायण गोदार र जेसी भवानी बराल, कानूनी सल्लाहकारमा जेसी बालगोपाल गौतम, महासचिव जेसी मनोज सिटौला र कोषाध्यक्ष जेसी विमला भट्टराई, उपाध्यक्षहरु जेसी टंक प्रसाद दहाल, जेसी भिम बराल, जेसी सागर घिमिरे र जेसी सुरेन राई लगायत विभिन्न विभागका संयोजकहरुलाई अध्यक्ष बुढाथोकीले सपथ खुवाउनु भएको थियो ।

भिमबाबु स्मृति पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकार देबु बानियाँ

कार्यक्रममा अर्जुनधारा जेसीजले प्रदान गर्ने विभिन्न ४ बिधाका पुरस्कार बितरण गरिएको थियो ।

नवराज खड्का स्मृति शिक्षा पुरस्कारबाट बिद्यार्थी जेसिका प्रसाईलाई पुरस्कृत गरिएको थियो । उक्त पुरस्कारको राशि नगद ५१ सय रुपैयाँ रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

त्यस्तै भिमबाबु स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार देबु बानियाँ, शेरबहादुर कुँवर स्मृति खेलकुद पुरस्कारबाट फिफा रेफ्री श्याम दनुवार र स्थानीय पत्रकारिता पुरस्कारबाट संचारकर्मी सुरज प्रधानलाई सम्मान गरिएको थियो ।

अर्जुनधारा जेसीजको ‘स्थानीय पत्रकारिता पुरस्कार’ सुरज प्रधानलाई

अर्जुनधारा जेसीजको अध्यक्षमा बसन्त बुढाथोकी निर्वाचित

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय