अर्जुनधारा जेसीजको ‘स्थानीय पत्रकारिता पुरस्कार’ सुरज प्रधानलाई

Share :

अर्जुनधारा । संचारकर्मी सुरज प्रदानलाई अर्जुनधारा जेसीजले स्थानीय पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

आज भएको ११ औं पद हस्तनान्तरण तथा पुरस्कार बितरण कार्यक्रमका बिच रेडियो साथीका स्टेशन म्यानेजर समेत रहनुभएका प्रधानलाई जेसीजले स्थानीय पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा अर्जुनधारा जेसीजका बर्ष सन् २०२३ का अध्यक्ष जेसी प्रेमकुमार खड्काले प्रधानलाई उक्त पुरस्कार हस्तनान्तरण गर्नुभएको थियो ।


संचार कर्मको माध्यमबाट समाजमा योग्दान दिने संचारकर्मीहरुलाई प्रोत्सहान गर्न स्थानीय पत्रकारिता पुरस्कार बितरण गरिएको अर्जुनधारा जेसीज बर्ष सन् २०२४ का अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिनुभयो ।

अर्जुनधारा जेसीजको ११ औं पद हस्तनान्तरण तथा पुरस्कार बितरण सम्पन्न

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय