जन्मदिनमा सुशील भुजेलको रचनात्मक योगदान, शनिश्चरे बहुमुखी क्याम्पसलाई १० बिरुवा प्रदान



1,092 SHARES

अर्जुनधारा । जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय योगदानसँग जोड्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिका–२ का युवा सुशील भुजेलले शनिश्चरे बहुमुखी क्याम्पसलाई १० थान एरिका पामका बिरुवा प्रदान गर्नुभएको छ।

आफ्नो जन्मदिनको अवसर पारेर भुजेलले बुधबार क्याम्पस प्रमुख कृष्ण थापालाई उक्त बिरुवा हस्तान्तरण गर्नुभएको हो। क्याम्पस परिसरमा हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन तथा शैक्षिक संस्थाको सौन्दर्य अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले बिरुवा प्रदान गरिएको उहाँले बताउनुभयो।

व्यक्तिगत खुसीको अवसरलाई सामाजिक हितसँग जोड्ने सोचअनुसार क्याम्पसलाई बिरुवा उपलब्ध गराएको भुजेलको भनाइ छ। उहाँले जन्मदिनमा गरिने खर्च र उत्सवलाई रचनात्मक तथा समाजोपयोगी काममा रूपान्तरण गर्न सकिने सन्देशसमेत आफ्नो पहलमार्फत दिन खोज्नुभएको छ।

विज्ञापन

हस्तान्तरण गरिएका एरिका पामका बिरुवाले क्याम्पस परिसरलाई थप हरियाली र आकर्षक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। शैक्षिक संस्थाको भौतिक पूर्वाधारसँगै स्वच्छ, हरित र सुन्दर वातावरण निर्माणमा समुदायको सानो सहयोगसमेत अर्थपूर्ण हुने विश्वास गरिएको छ।

भुजेलको यस पहलको प्रशंसा गर्दै क्याम्पस परिवारले सहयोगप्रति आभार व्यक्त गरेको छ। साथै जन्मदिनको अवसरमा उहाँको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणसँग जोड्ने भुजेलको यो प्रयासले जन्मदिन मनाउने संस्कृतिमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय