कोशी ब्यारेजका २३ वटा ढोका खोलियो



732 SHARES

इटहरी । सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ।

ब्यारेज नियन्त्रण कक्षका अनुसार आज बिहान ७ः१५ बजेको मापनमा सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७ सय ७५ घनफिट पुगेको छ।

विज्ञापन

नदीमा पानीको बहाव निरन्तर बढिरहेको र ब्यारेजमा जलसतह खतराको बिन्दुमा पुगेपछि ढोका खोलिएको हो। पानीको बहाव अझै बढ्दो क्रममा रहेको नियन्त्रण कक्षले जनाएको छ।

विज्ञापन

सप्तकोशीमा जलसतह बढेसँगै स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय