बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी, १० लाखको क्षति



885 SHARES

झापा । बिर्तामोडस्थित गन्तव्य नाइट क्लबमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बिर्तामोड नगरपालिका–३ स्थित क्लबमा आज बिहान १ः४० बजे आगलागी भएको हो । बिर्तामोड–१ निवासी निर्भिक शिवाकोटीले सञ्चालन गरेको क्लबभित्र जडान गरिएको एयर कन्डिसनर (एसी) मा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट क्लबमा रहेको एक थान एसी, भित्तामा जडान गरिएको काठ, ढोका तथा एलईडीमा क्षति पुगेको छ । घटनामा करिब १० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विज्ञापन

घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक जितेन्द्रकुमार मण्डलको कमान्डमा गाडी मोबाइल तथा क्युआरटी टोली घटनास्थल पुगेको थियो ।

स्थानीयवासीको सहयोगमा बिहान २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाको दमकलसमेत घटनास्थल पुगेको थियो । तर, दमकल प्रयोग गर्नुअघि नै आगो नियन्त्रणमा आइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय