रतुवा खोलमा बोरामा भेटिएको शवको रहस्य खुल्दै, प्रेमी पक्राउ



9,000 SHARES

बिर्तामोड । झापाको दमकमा तीन दिनअघि रतुवा खोलमा बोराभित्र मृत अवस्थामा फेला परेकी रमा तिवारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका व्यक्ति मृतक रमाका प्रेमी हुन्। उनलाई प्रहरीले हिजो नियन्त्रणमा लिए पनि अनुसन्धानका कारण हालसम्म परिचय सार्वजनिक गरेको छैन।

विज्ञापन

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार रमाको हत्या नियोजित रूपमा गरिएको र त्यसपछि शवलाई बोरामा राखेर रतुवा पुलबाट खोलामा फालिएको देखिएको छ।

विज्ञापन

परिवारका अनुसार रमा जेठ १३ गते राति आफ्ना केटा साथीसँग भेट्न भन्दै घरबाट निस्किएकी थिइन्। उनकी आमा मुना तिवारीले दिएको जानकारीअनुसार सोही रात रमाका प्रेमीले फोन गरेर भेट्न बोलाएका थिए।

रमा र पक्राउ परेका युवकबीच लामो समयदेखि निकट सम्बन्ध रहेको परिवारले जनाएको छ। उनीहरूलाई परिवारले गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डकै रूपमा स्वीकार गरेको थियो। तर पछिल्लो समय युवक सुधार केन्द्रमा रहेकाले उनीहरूबीच भेटघाट र संवाद हुन सकेको थिएन।

परिवारका अनुसार युवकलाई लागुऔषधको कुलतबाट मुक्त गराउन सुधार केन्द्रमा राखिएको थियो। उनले जेठ १३ गते साँझ सुधार केन्द्रको निर्धारित अवधि पूरा गरी बाहिर निस्किएलगत्तै रमासँग सम्पर्क गरी भेट्न बोलाएका थिए।

घरबाट निस्किएपछि सम्पर्कविहीन बनेकी रमाको शव पाँच दिनपछि रतुवा खोलमा फेला परेको थियो। शव फेला परेपछि आमा मुना तिवारीले नै छोरीको पहिचान गरेकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय