प्रधानमन्त्री बालेनले समानुपातिक सांसदसँग आज अन्तरक्रिया गर्दै



9,000 SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे हुने उक्त कार्यक्रममा प्रतिनिधिसभामा रहेका सबै दलका समानुपातिक सांसदहरूको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विज्ञापन

यसअघि प्रधानमन्त्रीले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरिसकेका छन्। आजको कार्यक्रम सोही शृंखलाको निरन्तरता रहेको बताइएको छ।

विज्ञापन

सचिवालयका अनुसार जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी सांसदहरूले आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्नेछन्।

उक्त अन्तरक्रियालाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय