हल्दिवारी एफसी सन्थाल गोल्डकपको च्याम्पियन



9,000 SHARES

बिर्तामोड। हल्दिवारी एफसी प्रथम सन्थाल गोल्डकपको च्याम्पियन बनेको छ। शनिबार सम्पन्न फाइनल खेलमा आयोजक सन्थाल जाति उत्थान सेवा समाजलाई पराजित गर्दै हल्दिवारीले उपाधि जितेको हो।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा पनि दुवै टोली समान रहेपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो।

विज्ञापन

खेलको ५५औँ मिनेटमा हल्दिवारी एफसीका शिखर मर्डीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। उनी नै ‘म्यान अफ द म्याच’ घोषित भए।

विज्ञापन

अतिरिक्त समयको सदुपयोग गर्दै आयोजक टिमका श्याम मुर्मूले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।

ट्राइब्रेकरमा दुवै टोलीबाट समान सफलता देखिएपछि खेल ४–४ को बराबरीमा पुगेको थियो। त्यसपछि सडनडेथमा हल्दिवारी एफसीले निर्णायक गोल गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

उपाधि विजेता हल्दिवारी एफसीले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक टिमले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ।

प्रतियोगितामा आयोजक टिमका श्याम मुर्मू सर्वाधिक गोलकर्ता घोषित भए। उत्कृष्ट गोलकिपरको उपाधि हल्दिवारी एफसीका दिनेश बेस्राले पाए। त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टिमका मिसन हस्दालाई ‘उत्कृष्ट खेलाडी’ घोषित गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद एवं पूर्वमन्त्री एकराज कार्की, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले ‘मामा’ लगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय