|
9,000 SHARES |
काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली जेन–जी आन्दोलनको पहिलो दिन भएको मानवीय क्षतिमा जिम्मेवार ठहर गरिएको आरोपमा हाल थुनामा रहेका कारण, उनी थुनामुक्त नहुन्जेलसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई तोकिएको हो।
बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकमा उक्त निर्णयबारे जानकारी गराइएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद ऐन महरले यसबारे जानकारी दिएका छन्।
तत्कालीन माओवादी पृष्ठभूमिबाट एमालेमा आएका बादललाई आजै एमाले संसदीय दलको नेतामा पनि निर्विरोध चयन गरिएको छ।










