आज घोडे जात्रा मनाइँदै



9,000 SHARES

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा आज विभिन्न कार्यक्रमका साथ काठमाडौँ उपत्यकामा मनाइँदैछ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यका भर सार्वजनिक बिदा दिएको छ।

परम्पराअनुसार टुँडिखेल मा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ। जनविश्वास अनुसार गुरुमापा नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेपछि स्थानीयवासीले त्यसको अन्त्य गरेका थिए। तर, यसको प्रेतात्माले पुनः अनिष्ट गर्न सक्ने भयका कारण प्रत्येक वर्ष घोडाको टापले कुल्चाएर दबाउने परम्परा रहँदै आएको छ।

विज्ञापन

त्यसैगरी आज राति गुरुमापाको आत्मालाई शान्त पार्न रूखको फेदमा खानेकुरा चढाउने चलन पनि रहिआएको छ। यसले वर्षभर बालबालिकालाई कुनै अनिष्ट नहुने विश्वास गरिएको छ।

विज्ञापन

यस अवसरमा नेपाली सेना ले टुँडिखेलमा अश्वकला, मोटरसाइकल स्टन्ट, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गर्ने कार्यक्रम राखेको छ।

घोडे जात्रा धार्मिक विश्वास, सांस्कृतिक परम्परा र सैनिक प्रदर्शनको संगमका रूपमा काठमाडौँ उपत्यकामा विशेष महत्वका साथ मनाइने पर्व हो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय