पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल



9,000 SHARES

काठमाडौं। नेपालले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको छ। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले बराललाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सोही सिफारिसअनुसार राष्ट्रपति पौडेलले बराललाई नियुक्त गरेका हुन्।

विज्ञापन

यसअघि महान्यायाधिवक्ता रमेश बडालले आजै पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेसँगै बराललाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएको हो।

विज्ञापन

यस नियुक्तिसँगै नेपालको इतिहासमा पहिलोपटक महिलाले महान्यायाधिवक्ताको पद सम्हालेकी छिन्। यसअघि महान्यायाधिवक्तामा महिलाको प्रतिनिधित्व नभएको थियो।

प्रधानमन्त्री सुशीला कार्की स्वयं मुलुककी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। उनी यसअघि नै पहिलो महिला प्रधानन्यायाधीशको पदमा पनि पुगिसकेकी थिइन्। कार्कीले ऐतिहासिक रूपमा नेतृत्व भूमिकामा महिलाको उपस्थिति सुदृढ पार्दै महान्यायाधिवक्ता पदमा पनि महिला नियुक्ति गरेर अर्को नयाँ अध्याय कोरेकी हुन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय