|
752 SHARES |
काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंमा १२० ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले विशेष सूचनाका आधारमा गएराति काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको कोठा नम्बर ६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ निवासी ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्। सशस्त्र प्रहरीका अनुसार उनीहरूलाई बिक्री वितरणका लागि ब्राउन सुगर राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट १२० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल फोन र चार हजार ५५० रुपैयाँ नगद बरामद गरिएको छ।
बरामद लागूऔषध तथा अन्य सामग्रीसहित दुवै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।









