सन् २०२७ को नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन कमलमा हुने



786 SHARES

कमल । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सन् २०२७ मा झापाको कमल गाउँपालिकामा आयोजना हुने भएको छ। कमलनगर जेसीजको आतिथ्यतामा सम्मेलन आयोजना गर्न आवश्यक बिडिङ प्रक्रिया पूरा भएसँगै आगामी वर्षको क्षेत्र ‘क’ सम्मेलन कमलमा हुने औपचारिक घोषणा गरिएको हो।

नेपाल जेसीजले हरेक वर्ष आयोजना गर्दै आएको क्षेत्रगत सम्मेलनअन्तर्गत सन् २०२७ को क्षेत्र ‘क’ सम्मेलन कमलमा आयोजना गर्न कमलनगर जेसीजले बिडिङ प्रस्तुत गरेको थियो। चारआली जेसीजको आतिथ्यतामा असोज ९ र १० गते सम्पन्न सन् २०२६ को क्षेत्र ‘क’ सम्मेलनका क्रममा बिडिङ प्रक्रिया पूरा गरिएको कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश)ले जानकारी दिनुभयो।

विज्ञापन

कमलनगर जेसीजका बिडिङ चियरपर्सन जेसी नारायण बस्नेतले सम्मेलन आयोजना गर्न आवश्यक तयारीसहित बिडिङ प्रक्रिया पूरा गरिएको बताउनुभयो। बिडिङ स्वीकृत भएपछि आगामी वर्षको क्षेत्र ‘क’ सम्मेलन कमल गाउँपालिकामा आयोजना गर्ने घोषणा गरिएको उहाँले जानकारी दिनुभयो।

विज्ञापन

अध्यक्ष भण्डारीले क्षेत्र ‘क’ सम्मेलन कमलमा आयोजना हुनु यस क्षेत्रका युवाको नेतृत्व तथा क्षमता विकासका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। सम्मेलनले १८ देखि ४० वर्ष उमेर समूहका युवालाई नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।

त्यस्तै, सम्मेलनका माध्यमबाट कमल गाउँपालिका तथा आसपासका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको भण्डारीले बताउनुभयो।

“क्षेत्र ‘क’ सम्मेलन कमलमा ल्याउनु यहाँका युवाको नेतृत्व र क्षमता विकाससँगै स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि पनि महत्वपूर्ण अवसर हो,” अध्यक्ष भण्डारीले भन्नुभयो।

सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गतका विभिन्न जेसीज शाखाका युवाको सहभागिता रहनेछ। सम्मेलनका क्रममा नेतृत्व विकास, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा युवासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

कमलनगर जेसीजले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न स्थानीय सरकार, विभिन्न संघसंस्था, व्यवसायी तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै आवश्यक तयारी अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय