|
720 SHARES |
बिर्तामोड । मेचीनगर नगरपालिका–१० स्थित नन्दा पेट्रोल पम्पमा कार्यरत धर्मप्रसाद ओलीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
घटना भएको १३ दिनपछि प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङको कानेपोखरीका ३१ वर्षीय आशिष लिम्बु र सिन्धुपाल्चोकको मेलम्चीका पासाङ तेन्जिङ तामाङ रहेका छन्। उनीहरू मुनाल सेक्युरिटीमा कार्यरत रहेको बताइएको छ।
भदौ १७ गते पेट्रोल पम्पमा काम गरिरहेका ४३ वर्षीय ओलीलाई सामान्य विषयमा भनाभन भएपछि ४/५ जनाको समूहले कुटपिट गरेको थियो। कुटपिटबाट घाइते भएका ओलीको उपचार गरिएको थियो।
घटनापछि कुटपिटमा संलग्नहरू फरार रहेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको थियो। घटनाबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि पक्राउ गर्न प्रहरीमाथि दबाब बढेको थियो।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।










