|
733 SHARES |
काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदैछ। १० टोली सहभागी प्रतियोगितामा नेपाल उपाधि जित्दै सन् २०२७ को एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ।
नेपाल समूह ‘ए’ मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबियासँगै छ। नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि भदौ १८ गते आयोजक मलेसिया, २१ गते साउदी अरेबिया र २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने विजेताले उपाधिसँगै सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ।
नेपाल पहिलो संस्करणको विजेता हो। सन् २०२३ मा युएईलाई हराउँदै उपाधि जितेको नेपाल यसपटक पनि सोही सफलता दोहोर्याउने लक्ष्यमा छ। पूर्वखेलाडी दीपेन्द्र चौधरीले नेपाललाई उपाधिको बलियो दाबेदार मान्दै नेपालको मुख्य प्रतिस्पर्धी ओमान र युएई रहेको बताएका छन्।










