बागमतीमा एमाले, नेकपा र राप्रपाबीच सत्ता सहकार्यको सहमति

हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच सत्ता सञ्चालनका लागि औपचारिक सहमति भएको छ।

मुख्यमन्त्री किरण थापामगर नेतृत्वको सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तीन दलले न्यूनतम साझा कार्यक्रम बनाएर सहकार्य गर्ने सहमति गरेका हुन्।

विज्ञापन

सहमतिअनुसार प्रदेश सरकारका मन्त्रालयको संख्या नबढाई आठवटामै कायम गरिनेछ। प्रदेशसभामा रिक्त रहेको सभामुख पद नेकपाबाट निर्वाचित गर्ने सहमति पनि भएको छ।

विज्ञापन

सरकार सञ्चालनका लागि तीनै दलका प्रतिनिधि सम्मिलित सात सदस्यीय संयन्त्र गठन गरिनेछ। उक्त संयन्त्रले सरकार सञ्चालनमा आवश्यक समन्वय, सल्लाह तथा सुझाव दिनेछ। संयन्त्रले सात दिनभित्र न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक गर्ने सहमति भएको छ।

त्यस्तै, मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने विषयमा पनि तीन दलबीच सहमति भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय