नर्वेसँगको हारपछि नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट लिए संन्यास



819 SHARES

एजेन्सी । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ को खेलमा ब्राजिल नर्वेसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले भावुक हुँदै राष्ट्रिय टोलीबाट बिदा लिएका हुन्।

आइतबार राति न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै नेयमार मैदानमै भावुक बनेका थिए। उनका सहकर्मी खेलाडीहरूले उनलाई सम्हालेका थिए।

विज्ञापन

यो हारसँगै ब्राजिल सन् १९९० यताकै सबैभन्दा चाँडो विश्वकपबाट बाहिरिएको हो। खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गरे भने नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएका थिए।

विज्ञापन

खेलपछि नेयमारले ब्राजिलको टेलिभिजन ‘ग्लोबो’सँग कुरा गर्दै भने, “मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। अब यो यात्रा सकियो। मैले यही मैदानबाट राष्ट्रिय टोलीमा यात्रा सुरु गरेको थिएँ र यहीँ आएर अन्त्य भयो।”

नेयमारले सन् २०१० को अगस्टमा संयुक्त राज्य अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत मेटलाइफ स्टेडियमबाटै ब्राजिलका लागि डेब्यु गरेका थिए। हालका वर्षहरूमा चोटका कारण धेरै समय मैदानबाहिर रहनुपरे पनि उनले राष्ट्रिय टोलीका लागि १३० खेलमा ८० गोल गर्दै ब्राजिलको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा अन्तर्राष्ट्रिय करियर टुंग्याएका छन्। उनले महान् खेलाडी पेलेको ७७ गोलको कीर्तिमानलाई पछि पारेका थिए।

नर्वेविरुद्धको गोलसँगै नेयमार पेलेपछि चार फरक विश्वकपमा गोल गर्ने दोस्रो ब्राजिलियन पुरुष खेलाडी पनि बनेका छन्। त्यस्तै, १३० अन्तर्राष्ट्रिय खेल खेलेका उनी १४२ खेल खेलेका काफुपछि ब्राजिलका लागि दोस्रो सर्वाधिक खेल खेल्ने फुटबलर हुन्।

ब्राजिलको अप्रत्याशित हारपछि मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले टोलीमा अब ‘नयाँ चक्र’ सुरु गर्ने समय आएको बताएका छन्।

उनले भने, “यो नतिजा अत्यन्त निराशाजनक छ। हामी हार्न लायक थियौँ जस्तो लाग्दैन, तर फुटबलमा यस्तै हुन्छ। अब यो हारबाट पाठ सिक्दै नयाँ योजनासहित अघि बढ्नेछौँ।”

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय