रास्वपाकाे ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेदवारी, मतदानमा ढिलाइ हुने



964 SHARES

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य निर्वाचनका लागि आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया ढिलिने भएको छ।

९९ जना केन्द्रीय सदस्य चयनका लागि हुने निर्वाचनमा उम्मेदवारहरूको अन्तिम (सर्ट लिस्ट) सूची निर्वाचन आयोगले अझै उपलब्ध नगराएकाले मतदानको तयारी प्रभावित भएको हो। खुला तथा समावेशी क्लस्टरलाई मिलाएर भोटिङ मेसिनमा सेटिङ गर्नुपर्ने भए पनि सूची नआउँदा प्रक्रिया अगाडि बढ्न नसकेको प्राविधिक पक्षले जनाएको छ।

विज्ञापन

प्राविधिक नवराज पाण्डेका अनुसार बिहान ४ बजेसम्म आवश्यक प्राविधिक तयारी पूरा भए पनि आयोगबाट उम्मेदवारहरूको सूची प्राप्त भएपछि मात्रै क्लस्टरअनुसार अन्तिम सेटिङ गर्न सकिनेछ। त्यसका कारण मतदान निर्धारित समयभन्दा पछि सुरु हुने सम्भावना रहेको छ।

विज्ञापन

निर्वाचनमा ९९ केन्द्रीय सदस्य पदका लागि ४ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् भने करिब ४ हजार ५ सय प्रतिनिधिले मतदान गर्ने अपेक्षा गरिएको छ। एक प्रतिनिधिले मतदान गर्न करिब २० मिनेट लाग्ने भएकाले सबैले मतदान गरेमा प्रक्रिया १५ देखि २० घण्टासम्म लम्बिन सक्ने पाण्डेको भनाइ छ।

रास्वपाले मतदानका लागि ‘राम–लक्ष्मण’ भोटिङ मेसिन प्रयोग गरेको छ। मतदान स्थलमा ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ भने प्रवासमा रहेका प्रतिनिधिका लागि एपमार्फत मतदानको व्यवस्था गरिएको छ।

यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएपछि अन्य पदाधिकारी पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

रास्वपाको विधानअनुसार केन्द्रीय समितिमा १९ पदाधिकारी र १५१ सदस्य रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय