बिर्तामोडमा श्रीमान्–श्रीमतीबीच विवाद: श्रीमती घाइते, तेस्रो तलाबाट हाम्फाल्दा श्रीमानको मृत्यु



812 SHARES

बिर्तामोड । झापाको बिर्तामोडमा घरायसी विवादका क्रममा श्रीमान्ले श्रीमतीमाथि फलामको रड प्रहार गर्दा श्रीमती घाइते भएकी छन् भने त्यसलगत्तै घरको तेस्रो तलाबाट हाम्फाल्दा श्रीमानको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोक निवासी ७२ वर्षीय घिरेन राजवंशी र उनकी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीबीच आज बिहान करिब ५ः३० बजे घरायसी विवाद भएको थियो।

विज्ञापन

विवादका क्रममा श्रीमान् घिरेनले श्रीमती गंगामुनीको पेटमा फलामको रडले प्रहार गरेका थिए। घाइते गंगामुनीलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।

विज्ञापन

श्रीमतीमाथि आक्रमण गरेपछि घिरेनले आफ्नै घरको तेस्रो तलाबाट हाम्फालेका थिए। हाम्फाल्दा उनको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई पनि तत्काल उद्धार गरी बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा बिहान करिब ६ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलको मुचुल्का तयार गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय