प्रथम चारआली गोल्डकपको आय–व्यय सार्वजनिक, करिब २ लाख घाटा

मेचीनगर । मेचीनगर नगरपालिका–१३ चारआलीमा आयोजित प्रथम चारआली गोल्डकप २०८३ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ।

आयोजक बज्र स्पोर्ट्स एकेडेमी बज्र स्पोर्ट्स एकेडेमीले शनिबार हातेमालो सामुदायिक वनको भवनमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरेको हो।


सार्वजनिक विवरणअनुसार प्रतियोगिताबाट कुल रु १२ लाख ७६ हजार आम्दानी भएको छ भने रु १४ लाख ७४ हजार ४ सय खर्च भएको देखिएको छ। यसअनुसार प्रतियोगितामा रु १ लाख ९८ हजार ४ सय घाटा भएको आयोजकले जनाएको छ।

विज्ञापन

आयतर्फ सहयोगी दाताहरू, विभिन्न संघसंस्था, व्यवसायी तथा खेलप्रेमीहरूबाट आर्थिक सहयोग संकलन गरिएको थियो। खर्चतर्फ प्रथम र द्वितीय पुरस्कार, ट्रफी तथा मेडल, मैदान निर्माण, खेलाडी तथा अफिसियल व्यवस्थापन, खानपान, रेफ्री, प्रचार–प्रसार, यातायात, स्वयंसेवक तथा विविध शीर्षकमा रकम खर्च गरिएको विवरणमा उल्लेख छ।

पत्रकार सम्मेलनमा खेल संयोजक निमा शेर्पाले प्रतियोगिताको समग्र गतिविधिबारे जानकारी गराएका थिए भने बज्र स्पोर्ट्स एकेडेमीका अध्यक्ष फुर्वा लामाले आय–व्यय विवरण प्रस्तुत गरेका थिए।

आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, खेलप्रेमी, दर्शक, खेलाडी, स्वयंसेवक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय