उदयपुरमा आगलागीः दुईजनाको मृत्यु



9,000 SHARES

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा आज बिहान भएको आगलागीमा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

विज्ञापन

स्थानीयका अनुसार बेल्टार बजारस्थित दुई घरमा आगलागी हुँदा उनीहरू जलेर मृत अवस्थामा फेला परेका हुन्।

विज्ञापन

त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ।

आगलागीको कारण भने खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय