|
9,000 SHARES |
धनकुटा । धनकुटामा सम्पन्न पूर्वाञ्चल गट ट्यालेन्ट सातौं संस्करण (सिजन ७)को उपाधि झापा बिर्तामोडका सुज्ञान खनालले जितेका छन्।
१६ जिल्लाका प्रतिस्पर्धी सहभागी रहेको प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रस्तुति दिँदै खनालले प्रथम स्थान हासिल गर्न सफल भएका हुन्। उनले नगद ५ लाख रुपैयाँ, ५ लाख बराबरको जीवन बीमा, ट्रफी तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
सुमधुर स्वरका धनी खनालले फाइनल चरणमा निर्णायक तथा दर्शक दुवैको मन जित्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएका हुन्।
सुज्ञान खनाल यसअघि पनि विभिन्न राष्ट्रिय तथा स्थानीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका प्रतिभाशाली कलाकार हुन्। उनले लिटल फ्लावरर्स इङ्ग्लिस स्कुलद्वारा आयोजित अप्सरादेवी सिङ्गिङ एण्ड डान्सिङ २०८१ मा प्रथम स्थान हासिल गरेका थिए।

त्यस्तै, द भ्वाइस अफ किड्स नेपाल सिजन ४ मा उनले लाइभ राउन्डसम्म पुगेर आफ्नो क्षमता प्रस्तुत गर्न सफल भएका थिए।
इस्ट सिङ्गिङ एण्ड डान्सिङ सुपरस्टार २०८२ मा उनले दोस्रो स्थान हासिल गरेका थिए भने बिर्तामोड नगर प्याप्सनद्वारा आयोजित नगरस्तरीय नृत्य तथा गायन प्रतियोगिता २०८२ मा पनि प्रथम स्थान हात पार्न सफल भएका थिए।










