खगेन्द्रा खुसीको `खुसी ´



9,000 SHARES

प्रेमिल उपन्यास `खुसी´ नेपाली साहित्यलाई अर्पण गर्ने खगेन्द्रा खुसी खुदुनाबारी माइत भएर भद्रपुर झापामा वैहाहिक जीवन पछि रेडियो कर्मि छन्द कविको रुपमा स्थापित नाम हो।सुरिलो स्वरकी धनी उनी छन्द कविता गायनले निकै चर्चित नाम हो।पछिल्लो समय सयपत्री फुल खेती गरेर पुन चर्चामा आएको बखत यो भुटानी सरणार्थीको कथामा `खुसी´ लेखेर आफुलाई उपन्यासकारको रूपमा उभ्याउन सफल भएको महशुस हुन्छ।

भुटानी सरणार्थीको कथाको चरणमा उनीहरुको जीवन पर्गेल्ने पछिल्लो समय लेखिएको खुदुनाबारी शिविर बसाइको कथा हो `खुसी´ उपन्यास।चालिसको दशकमा भुटानी नेपालीले भुटान सरकारको अनिवार्य जोङ्खा भाषा भुटानी पहिरन र संस्कृति लागुको सरकारी निर्देशन विरुद्ध नेपाली भाषा संस्कृति धर्म पहिरनको अस्तित्व सम्बन्धमा कडा प्रतिवाद गरेपछि यो आन्दोलनमा परिणत भयो।त्यसपछि सरकार धरपकडमा ओर्लियो।नेपालीहरु जेल परे कतिलाई हत्या गरियो।यहि क्रममा नेपालीहरु देश छोडेर भारतको सिमाना आए भारतले त्यहा बस्न दिएन बरु भारतीय बसमा सिधै नेपालको काकरभिट्टा बर्नेको हापेन चोक माइधार दमकको बेलडागी ल्याएर छोड्यो।

विज्ञापन

मानव बसाइँसराइको क्रममा किसानको रूपमा नेपालीहरु दुई शताब्दी अघि भुटान छिरेका थिए।कतिलाई त्यहिको निकायले नियम अनुसार नै लिएर गएका थिए।बिसौ शताब्दीको मध्यतिर ऊनीहरु नागरिक भए। तल्लो समथर भुमीमा बस्ने भएकोले जोङ्खा भाषामा लोत्साम्पा भनियो। १९९० तिर सांस्कृतिक अतिक्रमणले ऊनीहरु खेदिए र सरणार्थी भए।

विज्ञापन

१९४७ मा भारत विभाजन हुँदा करोडौं हिन्दु सिख मुस्लिम सरणार्थी भएका थिए। संसारको प्रथम प्राचिन सरणार्थी हजारौं इजरायलिहरु थिए जो ७२१ इसापूर्वमा असाइरियन राजा सारगन द्वितीयले इजरायल आक्रमण गर्दा भएको थियो। प्रमाणित सरणार्थी भने हुणहरुको आक्रमण भएर  गोथहरुले देशबिहिन हुँदा ३५१ इसापूर्व  रोमन सम्राट भालेनलाई सरणार्थिको दर्जा सुबिधा दिन अनुरोध गरेका थिए। विश्व युद्धले अरु हजारौं सरणार्थी बन्न बाध्य बनायो।

विश्व साहित्यमा सरणार्थी बारे लेखिएका पुस्तकहरूमा ज्याक वरनान्टको पुस्तक `द रेफ्युजी पोस्ट वार वल्ड ´ लाई प्राज्ञिक पुस्तक मानिन्छ। बेन्जामिन जेफानियाको `रेफ्युजी बोइ´१९५३ आख्यान हो भने `द रेफ्युजी ´ भिएट थान न्युएनको लघु कथा मानिन्छ।

भुटानी सरणार्थीको यो कथालाई धरावासिले `सरणार्थी´मा जयमाया खुदुनावारी आएर बसेको लेखे जुन जयमाया ईन्द्र बहादुर राईको `जयमाया एक्लै लिखापानी आईपुगि´को  सर्वाधिक बहादुर तर त्रासदि भोगेको कथाको पात्र हो।जहाँ दोस्रो विश्व युद्धमा बर्मा छोडेर हिड्ने बर्मेली नेपाली सिपाहीको परिवार थियो। त्यो जयमायालाई झापामा केचना पत्रीका मार्फत थुप्रैले लेखे।भुटानी कथालाई नेपाली भाषी कवि लेखकले कविता गीत गजल संस्मरण मार्फत उजागर गरेका छन्। झापाली दिनेश राज कार्किले `हनबेर्नो´ उपन्यास मार्फत भुटानी सरणार्थीको कथालाई लेख्ने प्रयास गरेका छन् । माइधार सरणार्थी क्याम्पमा `छाप्रा न ५५´ मा हुर्केको रमेश दियालीले आफ्नो भोगाइ `छाप्रा न ५५´ कथा सङ्ग्रह मार्फत व्यक्त गरेका
छन् । नर प्रधानले `द हिमालयन´ मार्फत सरणार्थीको पूर्ण कथा भन्ने कोसिस गरेको देखिन्छ। भुटानी सांस्कृतिक आन्दोलनका संस्थापक नेता टेक नाथ रिजालको`आत्मकथा´ले भुटानी आन्दोलन जेल जीवन र सरणार्थी हुनुको पीडालाई उजागर गर्ने कोसिस गरेको छ।

विदेशी लेखकहरुमा
`अन बिकमिङ सिटिजन्स´ माइकल हट
`अ रेफ्युजी जर्नी फ्रम भुटान´ लिन्डा बार्ग्रुन
`भुटान टु ब्ल्याक टाउन ´जेम्स बटन /ओम ढुंङ्गेल

२०४५ सालमा भुटानी सरणार्थीहरु नेपाल प्रवेश गरेका थिए।माइधार बर्नेको टिमाई अनारमनिको गोलधाप दमकको बेलडाँगी खुदुनाबारी र पत्थरी गरेर छ ठाउँमा सिविर राखिएकोमा प्रथम पटक माइको सिविर हटाइयो र अरु पाँच ठाउँमा सारियो। तेस्रो मुलुक स्थानान्तरण गरेर सानो सङ्ख्या भएपछि दमक बेलडाँगी र पत्थरीलाई मात्र शिविर केन्द्रित गरियो जुन अद्यावधिक छ।

खगेन्द्रा खुसिले खुसिमा लेखेको कथा खुदुनाबारिको हो।जहाँ उनको बाल्यकाल बित्यो।खगेन्द्राले भुटानीहरूको आगमन बसाई समाज सम्बन्ध अन्तर्विरोध तेस्रो मुलुक स्थानन्तरण सबै सबै पक्ष सित अनुभव बटुल्न सफल भइन् त्यो भोगाइलाई एउटा कविले उपन्यास बनायो।अरुले कथालाई बोटबाट लेखे।कतिले भुटानदेखि नेपाल हुँदै तेस्रो मुलुक अमेरिकासम्म लेखे तर `खुसी´मा खुदुनाबारिको माटोमा राजेन्द्र ठुलीकान्छी धनमाया राधाले भोगेको जीवन लेखेको पाइन्छ।एउटा गाउँमा बस्ने मान्छेले तीस वर्षमा के भोग्छ त्यो अनुभव छ यो कथामा ।

अमर प्रेमको कथा हो `खुसी´ राधा खुदुनाबारीमा हुर्केको बालिका एक्कासि नेपाल भित्रिएको भुटानी सरणार्थीको राजेन्द्र गाउँमा टिउसन पढाउन आउँदा भेट हुन्छ।राधा र राजेन्द्रको सम्बन्ध पढ्ने र पढाउनेको साउनोले गाँसिएर अन्त्यमा झ्याँगिन्छ।राधा ठुली कान्छिसँग दाउरा बेच्न शिविर पुग्दा राजेन्द्रकै घरमा पुगेको घटनाले सम्बन्धलाई अरु मजबुत बनाउन मदत गर्छ। यो बेला राधा लज्जित बन्छ तर उनिहरुको सम्बन्ध बढाउन तागत थपिन्छ।बिस्तारै छाप्रोमा भेट्ने नजिकै जङ्गल घुम्ने चटपटे खाने एकान्त बसेर घन्टौ सम्वाद गर्ने गरेर उनिहरुले प्रेमलाई बढाए हुर्काए नछुटिने वाचा बन्धनमा बाँधिए यद्यपि राधाको घरबाट यो अनुमती थिएन। गाउँको विपन्न समुदायको समेत त्यति सजिलै शिविरको सम्बन्ध स्विकार्ने मानसिकता थिएन।त्यो विभेदपूर्ण चिन्तन राधाको परिवारमा थियो जसले प्रेमलाई स्वागत गरेन। प्रेम असमान हैसियत उमेर जात धर्म रुप भन्दा माथि हुन्छ जब प्रेम गहिराईमा हुन्छ। राधा र राजेन्द्रको प्रेम हृदयले जोडिएको थियो। घरकाले राधाको इच्छा विपरीत अर्कै पुरुषसँग विवाह गरिदिएपछि जिउदो लास बनिन्।राजेन्द्रले भगाएर लान आँट गरेन। अनिच्छित पतिको विदेश यात्रापछि राधालाई केही सन्चो हुन्छ पति नफर्केपछि उ माइत बस्छिन।फेरि सम्बन्ध जोडिदैन।

राजेन्द्र तेस्रो मुलुक लाग्छ अब राधाको राजेन्द्र मनमा मात्रै बस्छ।राजेन्द्रलाई राधाको साथी धनमायासँग विवाह गराइन्छ, सन्तान जन्मिन्छ।राजेन्द्र राधाको वियोगमा छट्पटीएर बाँचेको हुन्छ। यो पीडा दु:खद नबनोस् भनेर धनमायालाई राजेन्द्रको साथ दिन बाध्य पारिन्छ। राजेन्द्रलाई सानैदेखि बुझेकी उसले राधाको प्रेमिको जीवनको लागि यो सम्बन्ध स्वीकार गरेको हो भन्ने लेखकीय दाबी छ। दाबी आफ्नो ठाउँमा छ तर त्यो आलोचना भन्दा बाहिर छैन।

स्वाभलम्वनको कथाको रूपमा राधाले दाउरा बेच्छिन्। सहकारीमा काम गर्छिन् र राजेन्द्रले आर्थिक सहयोग गरेपछि फूलखेती गरेर मनग्य चर्चा साथै आर्थिक उन्नति गरेको कथा छ।यो फूलखेतीको कथा अघिनै उपन्यास सकिएको धारणा राख्ने पनि छन् । कथा संयोजनमा फूलखेतिको कथांश अगाडि राखेर फ्ल्यास ब्याक स्टोरी टेलिङमा घटना वर्णन गरेको भए आलोचना हुन्न थियो तथापि यो अंश महिलाको आर्थिक आर्जन सम्बन्धि काम भएकोले तेस्तो अनपुयुक्त नै मान्न पनि सकिदैन । प्रेमिले गरेको सहयोगले गाउँमा रोजगार सृजना भयो।नयाँ अप्रत्याशित काममा जोखिम मोलेर सफलता प्राप्ति भयो। आय आर्जनले परिवार गाउँ सबै खुसी देखिएको छ। यथार्थमा नेपालले भारतिय बजारबाट करोडौंको पुष्प आयात गर्छ त्यो बजार कब्जा गर्न सकिने सत्यमा आधारित छ कथा।

नारी भावनाको वेवास्था एक नकारात्मक शक्तिको प्रयोगको पक्ष छ खुसी उपन्यासमा जुन नारी स्वतन्त्रताको विरुद्ध छ।पुरुषले गरेको प्रेम सहजै स्वीकार गर्ने समाजले नारीको भावनालाई आगोमा हालेर खार्छ त्यसको लागि नारी तयार हुनुपर्ने दुखद घटना छ। यहाँ भन्न सकिन्छ राधाले इच्छा विपरितको विवाह अस्विकार गर्न बिद्रोह गर्न जरुरी भए पनि गरिएन।आमा बुबाको मान मर्दन नगर्न समेत छोरीले इच्छाको स्वमृत्यू गराउँछन् भन्ने परम्परित मान्यतामा प्रेमको हत्या गरिएको कुनै बिरोध नगरी सुहागरात स्विकारिएको आदि घटनाले यो नारीप्रतिको अपमान हो भनेर आलोचनात्मक दृष्टिकोण राख्नेको शक्तिलाई कम मानिन्दैन। यथार्थमा अहिलेपनि थोरै प्रेमिको अनिच्छित विवाह भैरहेको नकार्न सकिन्न ।साहित्य अल्पमतको उपस्थिति समेत हो। यो वैश्विक घटना समेत हो।

सरणार्थी सिविर र गाउँले सम्बन्धको कथा २०४५  सालमा झापाको पाँच क्षेत्रमा शिविर स्थापना भए पश्चात स्वजातिय नेपालीको दु:खमा सबैले साथ दिए पछि दुखलाई सामना गर्न सजिलो भयो। दात्री संस्थाको सहयोगमा बाढिएको दाल चामल तेल लसुनले गाउँ बजार ढाकेको थियो। सस्तो मजदुर प्रचुर अङ्ग्रेजी शिक्षक नेपाली समाजले प्राप्त गर्यो।यहि कारण समाजमा द्वन्द्व समेत सृजना भयो। कतिले दोहोरो विवाह गरे जसले ज्वाइँ बुहारीको साइनोले सम्बन्ध अझ मजबुत बन्यो त्यो निरन्तर छ।

विद्युतिय संजालले पुन जोडेको प्रेम भुटानी सरणार्थी नेपाल आउदा मोबाइल फेसबुक थिएन जतिखेर राधा र राजेन्द्रको प्रेम भयो।राजेन्द्रको निर्वासन पश्चात राधा लोग्ने त्यागेर माइत बसि तेतिखेर सामाजिक संजाल आयो र ठुली कान्छी राजेन्द्रसँग जोडिन पुगि। उनकै सल्लाहमा राधासँग राजेन्द्रको पुनर्मिलन सम्भव भयो। राजेन्द्र खुदुनाबारिको घर रहेको जमिन ढोग्न आयो।जहाँ जङ्गल उम्रेको थियो।

राधासँग बिर्तामोड  होटलमा बसेर प्रेमको रङ्गिन संसार प्राप्ति गरे। राधाले खुसीले त्यो प्राप्ति गरिन्।आफू राजेन्द्रको सधैंको भएको अब अरुको नहुने त्यो बेला स्विकारिन् । राजेन्द्रले धनमायासँग भिडियो कल गरेर बोल्न सुखदुःख बुझ्न समय मिलाएर धनमायाले आफ्नो साथिको प्रेमिसँग बिहे गरेर अपमान गरेको कुरालाई अप्रत्यक्ष रूपमा स्विकार्दै आफ्नो लोग्ने राजेन्द्र दिदी राधाकोमा पठाएको कुरा नभनेर भनिन् । धेरै पाठक पढ्न्तेले धनमाया जस्तो नारी हुन आवस्यक छ तर हुन सकिदैन भनेको सुनिन्छ।बाध्यताले नारीको अधिकार अर्को नारीले छिने पनि त्यो स्वीकार गरेर धनमाया बन्न आवस्यक छ। तथापि धनमायाले मुखैले चाहिँ त्यो भनिन।

भन्न नसक्नु अन्तिम कमजोरी हो। भनेको भए संकाको घेरा सिद्धिन्थ्यो।मनैले होइन करुणासम्म राखेको हो भन्ने
सिमा छोडेको छ घटनाले।लेखकले समेत नसक्ने कुरा कथाले नभन्न सक्छ।

मानव चहलपहलले निर्माण गर्ने आर्थिक क्षेत्रहरुको खुलासा भुटानी सरणार्थी शिविर स्थापना भएको गाउँहरु गुल्जार भएर बजार समेत चलायमान भयो।गाउँमा सेवा सुबिधा विद्यालय सडक निर्माण आदि काम भएको घटना उजागर भएको छ। मानव बस्तिले नै हो दुनियाँमा चलायमान गराउने त्यो सरणार्थी शिविर आएपछि भएको कुरा कथाले भन्छ।

जात धर्म भाषा मिले पनि आर्थिक क्षमता नमिल्दा गरिने अदृश्य विभेद `खुसी´ उपन्यासले राधा र राजेन्द्रको प्रेम राधाको परिवारले स्वीकार नगर्नुले प्रमाणित हुन्छ। वर्गीय विभेद हरेक समुदायसँग सुषुप्त छ भन्ने प्रमाण उपन्यासमा पाइन्छ।

दाउरा बेच्नु पहिला आदत बन्नु पर्यो हरेक वर्गको मन्छेसँग उसँगैको अहम हुन्छ त्यो नाघेर मात्रै आफू नयाँ काम गर्न सक्छ भन्ने प्रमाण राधा र उसको बुवाले दाउरा बेच्न हिच्किचाएको घटनाले उजागर गर्छ। काम कामै हो त्यो श्रमसँग जोडिएको हुन्छ ठूलो सानो हुन्न यो हाम्रो धारणा हो बदल्नु पर्छ।आदत निर्माण र आयआर्जनले श्रमलाई स्वीकार गर्न मद्दत गर्ने कुरा शक्तिशाली कुरा आएको छ। सम्पन्न राष्ट्र बन्न श्रम एकै हो स्वीकार गर्नु न्यूनतम आधार हो भनिन्छ। श्रममा वर्गीकरण वर्गियता आए त्यो जीवनको लागि सुन्दर कुरा होइन।

यो उपन्यास सरल सहज हुनु यसमा प्रयोग भएको भाषा सरल घटना वर्णनको निरन्तरता प्रेमिल कथा प्रकृति नजिक रहेर गरिएको वर्णन थोरै पात्र सहज संवाद र हाम्रो परिवेशमा घटेको घटनाको वर्णन जुन हामीले देखी भोगेको हुनाले उपन्यास पाठकको रोजाइमा पर्छ। गम्भीर पाठकको निमित्त यो पुस्तक ऐच्छिक रोजाईको हुन सक्छ। भुटानी सरणार्थी र झापाली समाजको समाजशास्त्र खुट्ट्याउन अवस्य सहयोगी बन्नेछ।लामो प्रेमिल संवाद भएपनि लयात्मक भाषिक संगठन वाक्य गठनलाई च्युत हुनबाट जोगाउनु भाषिक सम्पादन क्षमता संतोषजनक देखिन्छ।

यो पृथ्वी मानव सभ्यता मात्रै प्रेमले थेग्नेछ उपन्यासको मुल मर्म हो। युवाहरूलाई यो कृति अति संतोषजनक खुराक बन्नेछ। सुरुमा शिविरे नाम जुरे पनि खुसी नै अन्तिम निर्णय भएको उपन्यासमा अन्तिममा राजेन्द्रलाई पाएर राधा खुसी छ। बालसखा राधालाई पति राजेन्द्र भेट्न पठाएर धनमायाले लोग्ने र उसको प्रेमिकाको पुनर्मिलन गराएर आफू खुसी छ । फूलखेती गर्न सहयोग गरेर उद्यमशील बनाउन बन्न पाएकोमा राजेन्द्र र गाउँले खुसी छ। यो सम्बन्धलाई पुनर्जीवन गराउँन पाएकोमा ठुलिकान्छी खुसेर छ। खुसी शब्द सार्थक छ।यद्यपि बेखुस हुन पाउने देख्ने छुट पात्रहरू र आलोचकलाई छ नै कारण दुःख बीच नै खुसी टुसुक टुसुक उम्रीएको छ।

खुदुनाबारी सिस्ने सुखानी खोला जङ्गलको सेरोफेरो अटाएको कथा वास्तवमै रैथाने कथा हो।जुन बिर्तामोड हुँदै अमेरिका पुग्छ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय