नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड को निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न



9,000 SHARES

कमल। झापाको कमल गाउँपालिका–४ स्थित नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजना, संकल्प एग्रो टेक प्रा.लि. को प्राविधिक सहयोग तथा ग्रीन फीड्स इन्डष्ट्रिज प्रा.लि. को सौजन्यमा निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

बुधबार संस्थाको सभाहलमा आयोजित शिविरमा १०५ जना शेयर सदस्यद्वारा पालन गरिएका पशुहरूको १३६ वटा गोबर परीक्षण गरिएको थियो। परीक्षणपछि नाम्ले तथा जुकाको औषधि निःशुल्क वितरण गरिएको र सहभागीहरूलाई निःशुल्क टि–सर्टसमेत प्रदान गरिएको संस्थाका व्यवस्थापक हरी अधिकारीले जानकारी दिनुभयो।

विज्ञापन

शिविरका क्रममा गाई, बाछा–बाछी तथा भैंसीको गोठमै पुगेर वरिष्ट गाईनोलोजिस्ट डाक्टरद्वारा रोग परीक्षण, बाँझोपनसम्बन्धी परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क उपलब्ध गराइएको थियो।

विज्ञापन

कार्यक्रममा संस्थाका शेयर सदस्य अभिनारायण चापागाईलाई संकल्प एग्रो टेक प्रा.लि.को तर्फबाट सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष बसन्त पौडेलको अध्यक्षता तथा कमल गाउँपालिका पशुसेवा शाखा प्रमुख दीपेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संकल्प एग्रो टेक प्रा.लि.का अध्यक्ष सुरेश प्रसाद रेग्मी, वरिष्ट गाईनोलोजिस्ट डा. कपिलदेव यादव, ग्रीन फीड्स इन्डष्ट्रिज प्रा.लि.का डा. राकेश कुमार यादव, पशु चिकित्सक महेश गौतम तथा बजार प्रतिनिधि कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय