बिर्तामोडको सुधार केन्द्रमा राखिएकी एक महिलाको मृत्यु



9,000 SHARES

बिर्तामोड । झापाको अर्जुनधारा–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी एक महिलाको मृत्यु भएको छ।

शिवसताक्षी–१० माईधार निवासी ३२ वर्षीया सुष्मा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो।

विज्ञापन

उनी हिजो बिहान ९:१५ बजे अचानक पेट दुखेपछि उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

विज्ञापन

लिम्बूलाई अल्कोहोलको समस्याका कारण फागुन ३ गतेदेखि उक्त सुधार केन्द्रमा राखिएको जनाइएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। हिजो साँझ कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
11

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय