सुनको मूल्य घट्यो



9,000 SHARES

झापा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो ।

विज्ञापन

आजका लागि प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन

त्यसैगरी, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला चार हजार ८८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय