|
9,000 SHARES |
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा सुरु हुनेछ।
समूह ‘सी’मा रहेको नेपाल हालसम्म अंकविहीन छ। वेस्ट इन्डिज भने चार अंकसहित शीर्ष स्थानमा रहेको छ। आजको खेलमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा मैदान उत्रँदैछ भने वेस्ट इन्डिज तेस्रो जितसहित सुपर आठमा पुग्ने योजनामा छ।
पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै नेपाल २० ओभरमा ६ विकेट गुमाएर १८० रनमै सीमित भएको थियो। दोस्रो खेलमा भने नेपाल इटालीसँग १० विकेटले पराजित भएको थियो। नेपालले बनाएको १२३ रन इटालीले बिना विकेटको क्षतिमा भेट्टाएको हो।
नेपालले समूह चरणका चारै खेल भारतमै खेलिरहेको छ। यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपाली टोली आज सुधारिएको प्रदर्शन गर्ने तयारीमा छ।
नेपालले फागुन ५ गते स्कटल्यान्डसँग समूह चरणको अन्तिम खेल खेल्नेछ।










