भद्रपुरमा ब्राउन सुगरसहित ५ जना पक्राउ



9,000 SHARES

भद्रपुर, झापा। झापाको भद्रपुर नगरपालिका–८ सगरमाथा चोकबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्।

आज अपराह्न ३ः४० बजेको समयमा लागुऔषध सेवन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा अन्तर्गत वडा प्रहरी कार्यालय भद्रपुर बाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको कमाण्डमा खटिएको टोलीले उक्त स्थानमा छापा मारेको थियो। 

विज्ञापन

प्रहरीका अनुसार भद्रपुर–८ सगरमाथा निवासी जगतबहादुर मगरको घर भाडामा लिई बस्दै आएका १८ वर्षीय निशान मोहमतसहित पाँच जना लुकिछिपी रूपमा लागुऔषध सेवन गरिरहेको अवस्थामा फेला परेका हुन्। उनीहरूको साथबाट प्लास्टिकसहित तौल गर्दा १० ग्राम ३८० मिलिग्राम र प्लास्टिक बाहेक ९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै कृष्ण राजवंशीको नाममा दर्ता रहेको मे १० प ३८७१ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

विज्ञापन

पक्राउ पर्नेहरूमा भद्रपुर–८ सगरमाथा निवासी अन्दाजी २८ वर्षीय कृष्ण राजवंशी, सोही स्थान निवासी अन्दाजी १८ वर्षीय निशान मोहमत, १९ वर्षीय इमरान मोहमत, बिर्तामोड नगरपालिका–३ निवासी अन्दाजी २१ वर्षीय निशान चौधरी तथा भद्रपुर–१० निवासी अन्दाजी २४ वर्षीय मोहमत जाहित रहेका छन्।

उनीहरूलाई प्रारम्भिक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय