टी–२० विश्वकपमा आज नेपाल–इटाली भिडन्त



9,000 SHARES

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत बिहीबार नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेल नेपाली समयअनुसार अपराह्न ३:१६ बजे सुरु हुनेछ।

प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। सुपर ८ चरणमा पुग्ने सम्भावना कायम राख्न यो खेल दुवैका लागि निर्णायक मानिएको छ।

विज्ञापन

नेपालले आफ्नो पहिलो खेलमा साविक च्याम्पियन इङ्ल्यान्डसँग झिनो अन्तरले हार बेहोरेको थियो। प्रतिस्पर्धात्मक खेलमा नेपाल अन्तिम ओभरसम्म संघर्षरत रहँदा साम करनको कसिलो बलिङका कारण चार रनले पराजित हुन पुगेको थियो।

विज्ञापन

यद्यपि, बलियो टोलीविरुद्ध देखाएको आत्मविश्वासपूर्ण प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च बनाएको छ। विशेषगरी युवा खेलाडीहरूको आक्रामक ब्याटिङ र अनुशासित बलिङ सकारात्मक पक्षका रूपमा देखिएका छन्। आजको खेलमा ती अनुभवलाई जितमा परिणत गर्ने लक्ष्य नेपालले राखेको छ।

इटाली दबाबमा

उता, इटालीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो हार बेहोरेको थियो। उक्त हारसँगै इटालीको नेट रनरेट कमजोर बनेको छ र अंक तालिकाको पुछारमा छ।

नकआउट चरणको सम्भावना जीवित राख्न इटालीलाई आगामी खेलहरू जित्नैपर्ने दबाब छ। त्यसैले नेपालविरुद्धको खेल उसका लागि ‘गर या मर’को स्थितिमा पुगेको छ।

दुवै टोली पहिलो जितको खोजीमा रहेकाले वानखेडेमा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय