पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज पब्लिकमा रूपान्तरण, आईपीओ तयारी



9,000 SHARES

विर्तामोड । झापाको बिर्तामोड–२ मा करिब १० वर्षअघि स्थापना भएको पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज प्रालि निजी कम्पनीबाट सार्वजनिक कम्पनीमा रूपान्तरण भएको छ। कम्पनीले सेवा विस्तार र पूँजी वृद्धि गर्ने उद्देश्यसहित सामूहिक सहभागितामा अघि बढेको हो।

व्यवस्थापनका अनुसार बजारको बढ्दो माग र उद्योग अनुभवलाई ध्यानमा राख्दै द्रुत गतिमा विस्तार गर्न पब्लिकमा रूपान्तरण गरिएको हो। यससँगै कम्पनीको चुक्ता पुँजी १३ करोड रुपैयाँ पुगेको छ र चार जना नयाँ शेयरधनी थपिएका छन्।

विज्ञापन

कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ मा नयाँ मेसिन जडान, उपकरण खरिद, जग्गा खरीद र चालु पुँजीमा १४ करोड ४१ लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको छ। यसले वार्षिक बिक्री १५ करोडबाट २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

विज्ञापन

आर्थिक वर्ष २०८३/८४ मा थप संरचना र अत्याधुनिक उपकरणमा १२ करोड १० लाख रुपैयाँ लगानी गरिनेछ, जसले बिक्री ६० करोड रुपैयाँसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

कम्पनीले अब आईपीओमार्फत सर्वसाधारणलाई लगानीको अवसर पनि प्रदान गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय