सिक्किम सरकारले सरकारी सूचना र राजपत्र नेपाली भाषामा पनि प्रकाशित गर्ने

सुर्योदय, इलाम । पूर्वी नेपालसँग सिमाना जोडिएको नेपाली भाषी बाहुल्य रहेको भारतको सिक्किम राज्यमा अनिवार्य रुपमा सरकारी विज्ञापन तथा राजपत्रहरुमा अंग्रेजी भाषा सरह मान्यता दिदै नेपाली भाषालाई प्रचलनमा ल्याइएको छ । सिक्किम राज्य सरकारको गृह मन्त्रालयले जारी गरेको सूचनामा भारतको संविधानको धारा ३४४(१) ले नेपाली भाषालाई आठौँ अनुसुचीमा सूचीकृत गरेको भन्दै त्यसलाई प्रयोग अनिवार्य गर्ने र प्रचलनमा ल्याउने बताइएको छ ।

सिक्किम आधिकारीक भाषा ऐन १९७७ ले सिक्किम राज्यमा नेपाली भाषालाई आधिकारीक भाषाको मान्यता दिएको र सिक्किमे जनताको साँस्कृतिक सम्पदा र पहिचानमा नेपाली भाषाको महत्वलाई उचित रुपमा स्विकार गर्दै पारदर्शिता प्रवद्धन गर्न सिक्किमका सबै नागरिकहरुलाई सरकारी सुचना र सेवाहरुमा समान पहुँच सुनिश्चित गर्न नेपाली भाषालाई प्रयोग गर्ने सिक्किम सरकारको गृह मन्त्रालयबाट जारी अधिसूचनामा जनाइएको छ ।

पहिलो पटक नेपाली भाषामा प्रकाशित सिक्किम सरकारको अधिसुचना

यस अगाडि अंग्रेजी भाषामा मात्र प्रकाशित गर्दै आएको सिक्किम सरकारले जारी गरेको अधिसूचनामा भनिएको छ, ‘राज्य सरकारले अबउसो, सबै आधिकारिक अधिसूचनाहरु, राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय लिएको छ ।’


“३३औ भाषा मान्यता दिवसको अवसरमा घोषणा गरिए अनुसार सबै जनसमुदायको सुबिधाको निम्ति अब देखि सरकारी अधिसूचना अनि राजपत्र (Gazette) आदि अंग्रेज़ी भाषा संगै नेपाली भाषामा पनि प्रकाशित गरिने अधिसूचना आज जारी गरियो।”

 

– प्रेम सिंह तामाङ गोले, मुख्यमन्त्री, सिक्किम

साथै सिक्किमको छैटौं तथा वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङ गोले[1]ले आफनो फेसबुक पेज[2]मा अंग्रेजी र नेपाली दुवै भाषाको अधिसुचनाहरुको तस्बिर राख्दै “३३औ भाषा मान्यता दिवसको अवसरमा घोषणा गरिए अनुसार सबै जनसमुदायको सुबिधाको निम्ति अब देखि सरकारी अधिसूचना अनि राजपत्र (Gazette) आदि अंग्रेज़ी भाषा संगै नेपाली भाषामा पनि प्रकाशित गरिने अधिसूचना आज जारी गरियो।” भनेका छन् ।

सिक्किम सरकारको यस निर्णय प्रति विभिन्न नेपाली भाषी व्यक्ति तथा संघसंस्थाहरुले प्रशंसा गरिरहेको सिक्किम क्रोनिकल डटकमको फेसबुक पेज[3]मा प्रसारित समाचारमा जनाइएको छ ।

प्रेस क्लब अफ् सिक्किमको लोगो

प्रेस क्लब अफ् सिक्किमको प्रेस विज्ञप्ति

 

नेपालीमा सरकारी अधिसूचनाः मुख्यमन्त्रीप्रति प्रेस क्लब आभारी

 

३३ औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा अबउसो सरकारी अधिसूचना र राजपत्रहरू अङ्ग्रेजीसँगै नेपाली भाषामा पनि जारी गरिने भनी घोषणा गरिएको २४ घण्टा नबित्दै उक्त घोषणा कार्यान्वयनमा आएकोमा प्रेस क्लब अफ् सिक्किम हर्ष व्यक्त गर्दै मुख्यमन्त्री एवम् सिक्किम सरकारप्रति हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्दछ।
नेपाली भाषा मान्यतालाई व्यवहारमा ल्याउने दिशामा यो एउटा ऐतिहासिक पहल भएको हामीले अनुभव गरेका छौँ। भाषा मान्यता दिवसको भोलिपल्टै सरकारद्वारा नेपाली भाषामा अधिसूचना जारी गरिनुले भाषाको विकास र समृद्धिप्रति सरकारको गम्भीर एवम् सकारात्मक पहललाई दर्शाएको छ। यस ऐतिहासिक निर्णयले नेपाली पत्रकारितालाई पनि ठुलो टेवा पुग्ने कुरामा हामी विश्वस्त छौँ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले भाषा मान्यता दिवसलाई सरकारी विदाको रूपमा घोषणा गरेपछिको यो दोस्रो महत्त्वपूर्ण घोषणा भएको छ। सरकारको यस प्रकारको निर्णयको स्वागत जनाउँदै कृतज्ञता प्रकट गर्दछ।

 

डीआर दुलाल
महासचिव
प्रेस क्लब अफ् सिक्किम

सिक्किम क्रोनिकल डटकमको फेसबुक पेजमा प्रकाशित प्रेस क्लब अफ् सिक्किमको प्रेस विज्ञप्ति [4]

नेपाली साहित्य परिषद्को प्रेस विज्ञप्ति

 

नेपाली साहित्य परिषद्, सिक्किमद्वारा आयोजित २० अगस्त,२०२४ का दिन सम्पन्न भएको ३३ औँ नेपाली भाषा मान्यता दिवस समारोहमा सम्माननीय मुख्यमन्त्री महोदयले आफ्नो सम्बोधनमा अबदेखि कुनै पनि आधिकारिक अधिसूचना र राजपत्रहरू अङ्ग्रेजी सँगसँगै नेपाली भाषामा पनि प्रकाशित गरिने घोषणा गर्नु भएको थियो।
सम्माननीय मुख्यमन्त्री महोदयले गर्नु भएको उक्त घोषणालाई प्रशासनले २१ अगस्त,२०२४ का दिन नै नेपाली भाषामा नै अधिसूचना जारी गरी तत्काल लागू भएको सर्वसाधारणमा अधिसूचित गरिएकोमा नेपाली साहित्य परिषद्, सिक्किम गर्वबोध गर्दै सम्माननीय मुख्यमन्त्री महोदय तथा सिक्किम सरकारप्रति कृतज्ञताका साथ हार्दिक आभार प्रकट गर्दछ ।
वर्तमान सिक्किम सरकारको २० अगस्तको सरकारी विदाको घोषणापछि यो अर्को महत्वपूर्ण घोषणाले नेपाली भाषाको विकास, संरक्षण एवम् संवर्द्धनमा एउटा नयाँ अध्यायको शुरुआत् भएको परिषद् अनुभव गर्दछ ।

 

प्रेषक,
नीलम न्यौपाने
महासचिव

नेपाली साहित्य परिषद् 

सिक्किम क्रोनिकल डटकमको फेसबुक पेजमा प्रकाशित नेपाली साहित्य परिषद्को प्रेस विज्ञप्ति [5]

३३ औं नेपाली भाषा मान्यता दिवस २०२४
सन् १९९२ अगस्ट २० मा भारतको संविधानको धारा ३४४(१)ले नेपाली भाषालाई आठौँ अनुसुचीमा राखेको दिनलाई नेपाली भाषा मान्यता दिवसको रुपमा भारतका नेपाली भाषी नागरिकहरुले मनाउँदै गरेका छन् ।

नेपाली भाषाको यो मान्यता दिलाउन सिक्किम राज्यको योगदान महत्वपूर्ण मानिन्छ । भारतका आसाम, मेघालय, दार्जिलिङ लगायका क्षेत्रका नेपाली भाषी भारतीयहरुले पनि यो माग केन्द्र सरकारसँग जोडदार रुपमा उठाएका थिए तर सिक्किमको दोस्रो मुख्यमन्त्री रहेका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी[6]लाई भारतको यसको जस दिने गरिएको छ ।

अंग्रेजी भाषासँगै नेपाली भाषामा पनि प्रकाशित हुने सिक्किम सरकारको अधिसुचना अग्रेजी भाषामा

सिक्किमका हालैको चुनावमा सिक्किम क्रान्तिकारी मोर्चाबाट ३२ सिटमा ३० सिट जितेर दोस्रो चोटी शक्तिशाली मुख्यमन्त्रीको कार्यकाल सम्हालिरहेका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोले[7]ले ३३ औं नेपाली भाषा मान्यता दिवस २०२४ को अबसरमा मंगलबार सहभागी भई संविधानले मान्यता दिएपनि नेपाली भाषाको विकास र वृद्धिमा स्थिरता आएको भनेर चिन्ता जनाएको[8] भोलिपल्टै आज सिक्किममा नेपाली भाषालाई विज्ञापन तथा राजपत्रमा अनिवार्य गर्ने नियम सार्वजनिक भएको हो ।

सन्दर्भ सामाग्रीहरुको स्रोत :

  1. https://en.wikipedia.org/wiki/List_of_chief_ministers_of_Sikkim
  2. https://www.facebook.com/thesikkimchronicle/posts/pfbid02PdF5DKqqwKA7i32d9YB2e7pFuP7NPkKz2dRXddGJtHDJj7YQs5eJt1hjAedj82dKl
  3. https://www.facebook.com/thesikkimchronicle/posts/pfbid02PdF5DKqqwKA7i32d9YB2e7pFuP7NPkKz2dRXddGJtHDJj7YQs5eJt1hjAedj82dKl
  4. https://www.facebook.com/thesikkimchronicle/posts/pfbid02PdF5DKqqwKA7i32d9YB2e7pFuP7NPkKz2dRXddGJtHDJj7YQs5eJt1hjAedj82dKl
  5. https://www.facebook.com/thesikkimchronicle/posts/pfbid02PdF5DKqqwKA7i32d9YB2e7pFuP7NPkKz2dRXddGJtHDJj7YQs5eJt1hjAedj82dKl
  6. https://en.wikipedia.org/wiki/Nar_Bahadur_Bhandari
  7. https://en.wikipedia.org/wiki/Prem_Singh_Tamanghttps://www.youtube.com/watch?v=Ki_NzY9eNYo&embeds_referring_euri=https%3A%2F%2Fvoiceofsikkim.com%2F&source_ve_path=MjM4NTE
  8. https://www.youtube.com/watch?v=Ki_NzY9eNYo&embeds_referring_euri=https%3A%2F%2Fvoiceofsikkim.com%2F&source_ve_path=MjM4NTE

 

 

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
6
+1
0
+1
0
प्रदीप सिंजाली मगर
प्रदीप सिंजाली मगरhttps://pradipsinjalimagar.wordpress.com/
प्रतिक्रियाको लागि सुर्योदय नगरपालिका वडा नं. १४ इलाममा बस्ने उनलाई इमेल माध्यमबाट [email protected] मा र यहाँ उल्लेखित सामाजिक सञ्जालहरुबाट पनि सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय