झापा । मोरङमा भएको स्कुटर दुर्घटनामा झापा मेचीनगरका कृष्णकुमार राईको मृत्यु भएको छ ।
मोरङको किसान चौक–टाँडी रमिते सडकखण्डमा पर्ने माने मिक्लुखोला पुल उत्तर प्रदेश १ –०२ –०५२ प ४०६४ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक मेचीनगर १ का कृष्णकुमार राईको घटनास्थलमै मृत्यु भएको हो ।
सोही स्कुटरमा पछाडी सवार मिक्लाजुङ ६ बाँझोखेका सुरज राई घाइते भएका छन् ।
उनलाई उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।